Trending

सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा आज शीर्ष नेताहरूलाई बुझाउने

970Views
0 Shares

काठमाडौं पुस २३ गते । आज सत्तारूढ पार्टीहरूको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने भएको छ।
शुक्रबार अन्तिम रूप दिइएको मस्यौदा आज दिउँसो शीर्ष नेतासमक्ष पेस गर्न लागेको हो।कार्यक्रममा नागरिकता समस्या समाधान, भ्रष्टाचार र अनियमितताको छानविन, दिगो अर्थतन्त्र, रोजगारी निर्माण, उद्यमशीलता, सामाजिक सुरक्षालगायत विषय समेटिएको छ।

पेस गरेपछि शीर्ष तहबाट आउने सुझावपछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गरिने बताइएको छ।नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलले सत्तारूढ पार्टीका घोषणापत्रमा समावेश एजेण्डा समेटेर न्यूनतम साझा कार्यक्रम तयार गरेको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले नीतिगत प्राथमिकता तथा कार्यक्रमको अन्तिम मस्यौदा तयार पारेका हुन्।पौडेल संयोजक रहेको कार्यदलमा नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, जसपाबाट रकम चेम्जोङ र राप्रपाबाट राणा सदस्य छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय