• Home
  • समाचार
  • सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा, एकतिहाई उजुरी स्थानीयसँग सम्बन्धित 
Image

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा, एकतिहाई उजुरी स्थानीयसँग सम्बन्धित 

काठमाडौं, ६ असोज  

नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) मा उक्त कुरा उल्लेख गरिएको छ । 

अख्तियारका अनुसार गत आर्थिक वर्ष परेका उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन् । परेका उजुरीमध्ये ३३.१ प्रतिशत स्थानीय तह (संङघीय मामिला मन्त्रालय समेत)सँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ । 

परेका उजुरीमध्ये १५.३ प्रतिशत शिक्षा (स्थानीय तहसमेत), ७.७ प्रतिशत भूमि प्रशासन, ४.६ प्रतिशत वन तथा वातावरण, ३.९ प्रतिशत स्वास्थ्य तथा जनसंख्या, ३.८ प्रतिशत भौतिक पूर्वाधार तथा यातायात, ३.७ प्रतिशत गृह प्रशासन र ३.२ प्रतिशत उद्योग तथा वाणिज्यसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, ३.१ प्रतिशत उर्जा, जलस्रोत तथा सिंचाई, २.९ प्रतिशत खानेपानी तथा सहरी विकास, १.९ प्रतिशत अर्थ, १.९ प्रतिशत कृषि तथा पशुपन्क्षी र ०.९ प्रतिशत सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ । प्रतिवेदन अनुसार ५.७ प्रतिशत नक्कली शैक्षिक प्रमाणपत्र, ४.८ प्रतिशत गैरकानुनी सम्पत्ति आर्जन र ३ प्रतिशत अन्य नियकासँग सम्बन्धित उजुरी रहेका छन् । 

आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट कुल १६ हजार २३८ उजुरीहरु परेका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित कारवाही गर्नुपर्ने उजुरीहरु २४ हजार ३३१ वटा रहेका थिए । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उजुरीको कुल संख्या २२ हजार ६२५ रहेको थियो । 

गत आर्थिक वर्ष परेका उजुरीमध्ये १७ हजार १६९ वटा (७०.६ प्रतिशत) प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएको अख्तियारले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा फछ्र्यौट भएकामध्ये ८२३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको, ५ हजार ३०२ उजुरी तामेली गरिएको, ४७४ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १० हजार ५७० उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारवाही गरिएको प्रतिवेदनमा उल्लेख छ । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *