• Home
  • ताजा समाचार
  • सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर
Image

सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर

सप्तरी ७ भदौ

सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह  स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ।

तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेकाे सप्तरीका प्रहरी प्रवक्ता  माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हाे ।

घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियोे ।

झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता  काफ्लेले जानकारी दिए ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni १ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *