• Home
  • अर्थ
  • सपोर्ट लघुवित्तले ह्वात्तै बढायो नाफा, यस्तो छ कारण
Image

सपोर्ट लघुवित्तले ह्वात्तै बढायो नाफा, यस्तो छ कारण

काठमाडौ, २० साउन । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ह्वातै बढेको छ ।एक वर्षको अबधीमा खुद नाफा १३२.२३ प्रतिशतले बढेर २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअबधीमा यस कम्पनीले ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअबधीमा खराब कर्जा ह्वातै घटेको र सञ्चालन नाफा बढेको कारण खुद नाफा बढेको हो । खराब कर्जा ६.७३ प्रतिशतले घटेर १.८३ प्रतिशतमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीको खराब कर्जा ८.५६ प्रतिशत थियो । सपोर्ट लघुवित्तको खराब कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम नछुट्याएका कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो ।

सञ्चालन नाफा ४२.०१ प्रतिशतले बढेर १ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ११.२४ प्रतिशतले घटेर ७ करोड २ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *