• Home
  • मनोरञ्न
  • सन्देश मुलक गीत बिलीनको भुल सार्वजनिक
Image

सन्देश मुलक गीत बिलीनको भुल सार्वजनिक

काठमाडौ, १६ असोज ।
काठमाडौ । दशैको फुलपालीको अवसर पारेर एउटा भिन्न किसिमको सन्देश मुलक गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । भुल नामक उक्त गीतको शब्द स्वर र संगीत उत्तम कसजुको रहेको छ । सजन श्रेष्ठले गितारमा,बेस गितारमा आकाश कालीराज तेसै गरि ड्रममा भने सन्देश प्रधान र पार्श्व स्वर र लिड गितारमा दिवस कसजु र बिक्रम शाहिले साथ दिएका छ्न।

बिलीन बुटवलको चर्चित साङ्गितिक ब्याण्ड हो । सन् २००२ मै स्थापित साङ्गितक समूह बिस्तारै देश र बिदेशमा समेत दर्शक र श्रोतालाई तानिरहेका बिलीनले यस अघि नै कयौं साङ्गितिक प्रस्तुति दिइसकेका छन् । बिलीन नामक आफ्नै अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको उक्त गीतमा नेपाली समाज यस वरिपरि घटिरहेको घटना महिला अनि एसिड प्रहार र तेस पछिको समयको वरिपरि मन छुने गरि गीत घुमेको देखिन्छ।

गीत सेमी रक शैलीमा भए पनि आफ्नो मौलिकता यर्थात परक र सामाजिक परिवेशलाई समेटेर दशैमा आफ्ना दर्शक र श्रोतालाई शुभकामना सहित कोशेलीको रुपमा आफ्नो गीत पस्केको ब्याण्डका गितारिष्ट दिवस कसजुले बताए । गीतलाई हेर्नको लागि तलको युटुब लिङ्कमा थिच्नु होला।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ७ दिन अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni ७ दिन अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *