• Home
  • राजनीति
  • सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै
Image

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं, १२ असोज । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ ।त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।आजको बैठकले प्रतिनिधिसभातर्फको सिटबाँडफाँटमा पनि सहमति गर्ने ठानिएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *