सच्याइएकाे : चेल्सीको दाेस्राे हार
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १५ भदौ
साउथ ह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा दाेस्राे हार व्यहोरेको छ
घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए ।
जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ ।
यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १-१ गोलको बराबरी खेले ।
(यसअघि यस समाचारमा दाेस्राे हार हुनुपर्नेमा अन्यथा हुन गएकाेमा क्षमायाचनासहित सच्याइएकाे छ ।- सं.)
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि