• Home
  • समाचार
  • सगरमाथा एकेडेमी वीरगंजद्वारा तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न
Image

सगरमाथा एकेडेमी वीरगंजद्वारा तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न

वीरगंज — सगरमाथा एकेडेमी, वीरगंजले हरितालिका तीजको अवसरमा महिलाहरूबीच आपसी भेटघाट, आत्मीयता र सांस्कृतिक मूल्यको सम्मान गर्दै शुक्रबार दर खाने कार्यक्रमको आयोजना गरेको छ।

स्कूलका अध्यक्ष जियालाल गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक, शिक्षिका, कर्मचारी तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै महिला कर्मचारीहरूबीच समझदारी, एकता र समावेशी भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ।

सहभागीहरूले तीज पर्वले महिलाको सामाजिक पहिचान, अधिकार र समानता प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने बताएका छन्। त्यस्तै, यस्ता कार्यक्रमले संस्थागत तहमा महिला मैत्री वातावरण निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रमले सहभागीहरूमा उत्साह, एकता र सांस्कृतिक जागरणको भावना बढाएको छ। सगरमाथा एकेडेमीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *