• Home
  • समाचार
  • संसदीय सुनुवाई समितिले प्रस्तावित छ न्यायाधीशका विषयमा आज निर्णय गर्ने
Image

संसदीय सुनुवाई समितिले प्रस्तावित छ न्यायाधीशका विषयमा आज निर्णय गर्ने

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाई समितिले आज सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशहरूको नियुक्तिका विषयमा निर्णय गर्दैछ ।न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

समितिले सबै प्रस्तावित न्यायाधीशहरूका विषयमा उजुरी आव्हान गरी ती उजुरीसहित विभिन्न विषयमा गत शुक्रबारदेखि मंगलबारसम्म समितिमा सुनुवाई गरेको थियो । बुधबार समितिले प्रस्तावित न्यायाधीशहरूका विषयमा अन्तिम सुनुवाई गर्न लागेको हो ।

समितिको आज विहान ११ बजे बस्दैछ । बैठकले न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ । समितिले अनुमोदन गरेमा उनीहरूले नियुक्ति लिएर राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोेच्च अदालतको न्यायाधीशकारुपमा कामकाज सुरू गर्नेछन् ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *