Trending

संविधान संशोधन गरी वर्तमान निर्वाचन प्रणाली बदल्नुपर्छ – बाबुराम भट्टराई

895Views
0 Shares


काठमाडौं पुस २४ गते । संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् । अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै वर्तमान निर्वाचन प्रणाली रहुन्जेल देश सधैँ अस्थिरतामा फसिरहने दाबी गरेका हुन ।

उनले देशमा स्थिरता र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान संशोधन गरी वर्तमान निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । राष्ट्रिय सहमतिको सरकारले मात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप लगायत शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सक्ने उनले बताएका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् , वर्तमान निर्वाचन प्रणाली रहुन्जेल कुनै दलको बहुमत नआउने र देश सधैं अस्थिरतामा फसिरहने भएपछि यसो गरे कसो होला ? राष्ट्रिय सहमतिको सरकार बनाएर टिआरसलगायत शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, सीमा विवाद हल गर्ने, संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्ने– अनि स्वस्थ प्रतिस्पर्धा गर्ने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय