• Home
  • राजनीति
  • संविधान र व्यवस्थाको रक्षाका लागि कांग्रेसले नयाँ गठबन्धन बनाएको हो–महामन्त्री थापा
Image

संविधान र व्यवस्थाको रक्षाका लागि कांग्रेसले नयाँ गठबन्धन बनाएको हो–महामन्त्री थापा


काठमाडौं, फगुन २१ गते । संविधान र व्यवस्थाको रक्षाका लागि नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा वागमती प्रदेशका सांसदहरूको भेटमा महामन्त्री थापाले संसद्मा पनि संसद् विघटनको ठिक थियो भन्ने हुँकार आउन थालेपछि एमाले–माओवादीसमेतको सात दलीय गठबन्धन बनेको बताएका छन् ।

महामन्त्री थापाले निर्वाचनका बेला बनाइएको पाँच दलीय गठबन्धनलाई पुनः जागरण गराउन सफल भएको उल्लेख गरेका छन् । पुरानो गठबन्धन व्युँताएको र पुस १० मा केही प्राविधिक समस्या नमिल्दा गठबन्धन टुटेपनि फेरी यो मुलुकको संविधान र वर्तमान व्यवस्था बचाउनका लागि चुनाव अघिकै गठबन्धन देशले आवश्यक ठानेकाले मुलुकमा स्थायित्व दिनका लागि आठ दलको गठबन्धन गरेको जिकिर गरेका छन् ।

आठ दलीय गठबन्धमा अन्य दलहरूसमेत थपिँदै गरेकाले पाँच वर्ष ढुक्क भएर यही गठबन्धनबाट मुलुकले स्थायित्व र विकास पाउने विश्वासका साथ अघि बढेको उनको भनाई छ । महामन्त्री थापाले आठ दलीय गठबन्धन सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा सबै दलहरू एक भएर कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेअनुसार नै कांग्रेसले उम्मेदवारी दिएको उनको भनाई छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *