• Home
  • राजनीति
  • संविधानको होइन, जनताको हित रक्षाका लागि गठबन्धन गर्नुपर्छ –राजेन्द्र लिङ्देन
Image

संविधानको होइन, जनताको हित रक्षाका लागि गठबन्धन गर्नुपर्छ –राजेन्द्र लिङ्देन

काठमाडौं, फागुन २० गते । आठ दलीय गठबन्धन बनेपछि सत्ताबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरूले संविधान होइन, जनताको हित रक्षाका लागि गठबन्धन गर्नुपर्ने टिप्पणी गरेका छन्। आज बिहान समाजिक सञ्जाल मार्फत उनले राष्ट्रपति निर्वाचनका लागि एकजुट भएका आठ दलको गठबन्धन संविधान रक्षाका लागि बनेको भन्ने भनाइप्रति आक्रोश व्यक्त गरेका हुन ।

नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धन बनेको छ। यसका नेताहरूले संविधान रक्षाका लागि पुरानै गठबन्धन ब्युँताइएको बताइरहेका छन्। संविधान कुनै धर्मशास्त्रजस्तो अपरिवर्तनीय नभएर आवश्यकता अनुसार फेर्न सकिने तर्क गर्दै अध्यक्ष लिङ्देनले दलहरूले उल्टो काम गरिरहेको आरोप पनि लगाएका छन्।

‘उनले समाजिक सञ्जालमा लेखेका छन्, विधान गीता, बाइबल, कुरानजस्तो अपरिवर्तनीय हुँदैन, आवश्यकताअनुसार फेरिन्छ र फ्याँकिन्छ पनि’, , ‘दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ, सन्दर्भ– संविधानको रक्षाका लागि गठबन्धन।’

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *