संघीयताको सफल कार्यान्वयनका लागि अघि बढ्न एक जुट हुनुपर्छ–प्रधानमन्त्री देउवा
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २५ मंसिर । वैशाखमा स्थानीय तहको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको र नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्न थालेकाले मुलुकमा उत्तरदायी लोकतन्त्रको अभ्यासलाई थप सबलीकरण गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई छ । उनले अबको प्राथमिकता संघीयता र लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको स्थानीय सरकारको सबलीकरण गरी नागरिकमा सुशासन विकासको अनुभूति गराउने हुनुपर्ने जिकिर गरेका छन् ।
आज गाउँपालिका महासंघको अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । संविधानको साझा अधिकारको रुपमा रहेको केही द्विविधाहरुलाई थप स्पष्ट गर्दै प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि अघि बढ्न एक जुट हुनुपर्ने आवश्यकता रहेको बताए। उनले कानुन निर्माणका लागि संघीय सरकारले तदारुकता देखाउनुपर्ने बताएका छन्।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि