• Home
  • अन्तराष्ट्रिय खबर
  • श्रीलंकाका सामुहिक चिहानमा दर्जनौं पुरुषको कंकाल फेला, अनुसन्धानको माग गर्दै प्रदर्शन
Image

श्रीलंकाका सामुहिक चिहानमा दर्जनौं पुरुषको कंकाल फेला, अनुसन्धानको माग गर्दै प्रदर्शन


काठमाडौ, १३ साउन । श्रीलंकाका धेरै क्षेत्रका सामुहिक चिहानमा दर्जनौं पुरुषको कंकाल फेला परेका छन् । सो घटना पछि ती कंकालको छानबिनको माग सुरु भएको थियो, यो विषय अझै सकिएको छैन ।

श्रीलंकाको तमिल बहुसंख्यक उत्तरी र पूर्वी क्षेत्रहरूले शुक्रबार आन्दोलन गरिएको थियो किनभने श्रीलंकाका अल्पसंख्यक समुदाय तमिलहरूले उत्तरपूर्वी जिल्ला मुल्लाथिभुमा भएको कथित सामूहिक चिहानको विश्वसनीय अनुसन्धानको माग गरेका छन्।

सो क्रममा जाफ्ना, किलिनोच्ची, मन्नार र मुल्लाथिवुको उत्तरी र पूर्वी क्षेत्रका अन्य द्वन्द्वमा बेपत्ता भएकाहरूका आफन्तहरूले व्यापार बन्द गरेर तथा घरभित्रै बसेर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए । जाफना विश्वविद्यालयको संयुक्त विद्यार्थी युनियनले एक विज्ञप्तिमा बन्दको आह्वान गरेको थियो ।

एक मिडिया रिपोर्ट अनुसार २००९ मा श्रीलंकाको सेना र पृथकतावादी तमिल टाइगर्स बीच २६ वर्षको गृहयुद्ध समाप्त भएको थियो, जसमा १ लाखको को ज्यान गएको थियो भने श्रीलंकाको सरकारी तथ्याङ्क अनुसार २० हजार भन्दा बढी अझै बेपत्ता रहेका छन्।

गत जुनमा यस क्षेत्रमा विकास परियोजनाको लागि उत्खनन गतिविधिहरूको क्रममा राष्ट्रिय पानी बोर्डका कार्यकर्ताहरूले कोक्कुथुडुवईमा संयोगवश एउटा कथित सामूहिक चिहान फेला पारेको थिए । जुलाई ६ मा मुल्लैतिवु मजिस्ट्रेटको अदालतले कथित सामूहिक चिहान खन्ने कामको निरीक्षणसमेत गरेको थियो ।

तमिल राजनीतिक दलका प्रतिनिधिहरुले त्यहाँ कम्तीमा १३ जनाको मानव अवशेष फेला पारेको बताएका छन् । पृथकतावादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिका आफन्तले चिहानको अन्तर्राष्ट्रिय अनुसन्धानको माग गर्दै आएका छन् ।

यसअघि एक रिपोर्टले पत्ता नलागेका यी अज्ञात सामूहिक चिहानहरूमा अझै हजारौं शव गाडिएको हुनसक्ने बताएको थियो। श्रीलंका सरकारले गठन गरेका धेरै छानबिन आयोगहरू मध्ये कुनै पनिले सामूहिक चिहानको छानबिन गर्न आदेश दिएका छैनन, जसकाकारण सत्यको पर्दाफास गर्ने प्रयासमा अवरुद्ध हुन पुगेको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *