• Home
  • ताजा समाचार
  • शेखर कोइराला : कांग्रेसको कमजोरी र प्रचण्डको आशक्तिका कारण गठबन्धन टुट्योशेखर कोइराला
Image

शेखर कोइराला : कांग्रेसको कमजोरी र प्रचण्डको आशक्तिका कारण गठबन्धन टुट्योशेखर कोइराला

१४ पुस, काठमाडौं

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्तिका कारण गठबन्धन टुटेको बताएका छन् ।

बिहीबार विहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

‘नेपाली कांग्रेसभित्रको केही कमी कमजोरी हो, सँगसँगै प्रचण्डजीको आशक्ति पनि हो’ उनले भने,‘ गठबन्धनलाई लामोसम्म लैजान हामीले सोचेका थियौं तर त्यो हुन सकेन, दुर्भाग्य भयो ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्नुपर्ने बताए । ‘देशलाई आर्थिक सामाजिक र राजनीतिक हिसाबले स्थीरता देओस्’ डा. शेखरले भने ।

दलको चुनावअघि मिलाउने प्रयास

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेताको निर्वाचनअघि डा. शेखर विराटनगर पुगेका हुन् । सहमतिको प्रयास सफल नभएपछि दलको नेता छान्नका लागि शुक्रबार चुनाव हुँदैछ । बिहीबार कोइरालाले सांसदहरुलाई बोलाएर सहमतिको प्रयास गरेका छन्, तर उनको प्रयास सफल भएन ।

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा पक्षबाट अमृत अर्याल, शेखर पक्षबाट केदार कार्की, कृष्णप्रसाद सिटौला पक्षबाट उद्धव थापा दाबेदार छन् । सिटौला पक्षकै भीम पराजुलीले यसअघि दलको नेतामा दावी गरे पनि उनी पछिल्लो समय मौन छन् ।

कांग्रेसका निर्वाचित सांसदलाई बधाई दिन भन्दै नेता कोइरालाले घरमा बोलाएका थिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ३ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ३ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ५ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *