• Home
  • मनोरञ्न
  • शाहरुखको ‘जवान’ अमिताभको ‘आखिरी रास्ता’बाट प्रभावित !
Image

शाहरुखको ‘जवान’ अमिताभको ‘आखिरी रास्ता’बाट प्रभावित !


काठमाडौं, १६ बैशाख । अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ लाई लिएर अहिले विभिन्न समाचारहरु सार्वजनिक भइसकेका छन् । यो फिल्ममा अभिनेता शाहरुख दोहोरो भूमिकामा देखिँदैछन् । फिल्मको बजेटदेखि लिएर स्टारकास्टसम्मका कुरा दर्शकमाझ आइसकेको छ ।

अहिले भने फिल्मको कथालाई लिएर नयाँ खबर बाहिर आएको छ । यो फिल्मको प्लटलाई निर्माण पक्षले सुरुवातदेखि नै गोप्य राख्दै आएको थियो । तर अहिले भने यसको गोपनियता पनि बाहिरिएको छ ।

समाचार अनुसार यो फिल्म अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’ बाट प्रभावित छ । ‘आखिरी रास्ता’ पनि कमल हासनको तमिल फिल्म ‘ओरु कैदियिन डायरी’को आधिकारिक रिमेक थियो ।

ुआखिरी रास्ता याओरु कैदियिन डायरी मा अमिताभ तथा कमल हसन पिता र छोराको दोहोरो भूमिकामा थिए । ठीक यसै गरी शाहरुख पनि ‘जवान’ मा पिता र छोरोको भूमिकामा देखिँदैछन् । ‘आखिरी रास्ता’ को जस्तै ‘जवान’ ले पनि एक बदलाको कथा बोल्नेछ’, निर्माण स्रोतले भनेको छ ।

‘जवान’ निर्देशक एटली कमल हासनको फिल्मका ठूला फ्यान हुन् । सोहीकारण उनले आफ्नो फिल्ममा कमलको कथाको मुख्य भाग लिएका छन् ।‘जवान जुन २, २०२३ मा रिलिज हुँदैछ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *