• Home
  • खेलकुद
  • शहीद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै
Image

शहीद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं, २४ बैशाख । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

छैटौँ जित निकाल्ने योजनासहित मैदानमा उत्रन लागेको मछिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ भने समान १४ खेलवाट १९ अंक जोडेर नवौँ स्थानको एपीएफ पनि छैटौ जितका लागि मैदानमा उत्रदैँछ ।

यसैगरी, एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुनेछ। सो खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ । पाँचौं जित निकाल्ने उदेश्यसहित मैदानमा उत्रन लागेको संकटा १४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा छ भने समान १४ खेलवाट २० अंक जोडेको आमी छैटौँ स्थानमा रहेको छ ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *