• Home
  • समाचार
  • शरिरको महत्वपुर्ण अंग कलेजो, यसरी स्वस्थ राख्न सकिन्छ स्वस्थ
Image

शरिरको महत्वपुर्ण अंग कलेजो, यसरी स्वस्थ राख्न सकिन्छ स्वस्थ

काठमाडौं, वैशाख ३ गते । मानव स्वास्थ्यका लागि कलेजो महत्वपुर्ण अंग मानिन्छ । कलेजोमा समस्या भएमा सम्पुर्ण शरिरको कार्य क्षमतामा ह्रास आउँदछ ।तपाई आफुले खाने कुराहरुमा तल दिइएका ४ चिजलाई समावेश गर्नुहोस् र तिन महिनामा कलेजोका समस्याहरु लिभर सिरोसिस, लिभर फिब्रोसिस फ्याटि लिभर जस्ता समस्याहरुवाट छुटकारा पाउनुहोस् ।कलेजोलाई स्वस्थ राख्ने खानेकुहरुको बारेमा लत उल्लेख गरिएको छ ।

अमला भिटामिन सी सबैभन्दा ज्यादा पाउने स्रोत मध्ये एक हो। अमला खानाले लिभरको कार्यक्षमता बढाउन मद्दत गर्दछ । अध्ययनहरुका अनुसार अमलामा लिभरलाई सुरक्षित राख्ने सबै तत्वहरु रहेको हुन्छ । लिभरलाई स्वास्थ्य राख्न तपाई दिनमा ४र५ वटा काचो अमला खाने गर्नुहोस्।

मेवा लिभरका बिरामिहरुका लागि सुरक्षित प्राकृतिक उपचार मध्ये एक हो । मेवा लिभर सिरोसिसको लागि बढि सुरक्षित हुन्छ । दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतिको रसलाई मिसाएर प्रत्येक दिन खाने गर्नुहोस् । यसरी तपाईले तीन देखि चार हप्ता सम्म नियमित मेवा, कागति मिश्रण गरेर खानाले तपाई लिभर सिरोसिसवाट छुटकारा पाउन सक्नुहुनेछ ।

लसुनले कलेजोको एन्जाइमलाई सक्रिय पार्न मद्दत गर्छ । जसले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्ने काम गर्छ। साथै, यसले एलिसिनको उच्च स्तर कायम राख्न पनि मद्दत गर्छ । जसमा एन्टिअक्सिडेन्ट, एन्टिबायोटिक र एन्टिफङ्गल गुणहरू हुन्छन्, जसले एन्टिअक्सिडेन्टलाई बृद्धि गर्छ। यी दुवैले लिभर सफा गर्न मद्दत गर्छ।

स्याउको रस ले लिभरमा रहेको बिषालु पदार्थलाई बाहिर ल्याउने काम गर्दछ । खाना खानु पुर्व स्याउको रस पिउनाले शरिरमा बोसोको मात्रा घटाउदछ । स्याउको रस लाई तपाई बिभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । एक गिलास चिसो पानीमा एक चम्चा स्याउको रस मिसाउनुहोस् । यस मिश्रणमा एक चम्चा मह हाल्नुहोस् । यस मिश्रणलाई तपाई दिनमा तीन चार गिलास पिउने गर्नुहोस लिभरको समस्यावाट छुटकारा पाउनु हुनेछ ।

एक दाना पहेलो कागतिलाई दुई टुक्रा पार्नुहोस । काटेको आधा कागति भित्रको बिया निकाल्नुहोस् । बिया निकालेको कागति लाई नछुटिने गरि चार भागमा काटनुहोस् । त्यसपछि कागतिको एक भागमा कालो खुर्सानीको धुलो, दोस्रोमा कालो नुन ९बिरे नुन० , तेस्रोमा अदुवाको धुलो र अर्कोमा मिश्रिको धुलो राख्नुहोस । यसरि धुलो राखिएको कागतिलाई राति प्लेटमा छोपेर राख्नुहोस । बिहानको खाना खानु पहिले यसलाई तावामा तताएर निकाल्नुहोस र चुस्नु होस् । सय ग्राम पानीमा आधा कागति निचोरेर नुन हाल्नुहोस । यसलाई दिनमा तीन पटक पिउने गर्नुहोस तपाईको लिभरको समस्या ठिक हुनेछ ।

एमिनो एसिडहरूको लागि उत्कृष्ट स्रोत हो ओखर । ओखर नियमित रूपमा खानाले तपाईंको कलेजोलाई डिटक्स गर्न यसले मद्दत गर्छ।ग्रीन टि विश्वमा एक धेरै चल्तीयुक्त पेय पदार्थ हो । हरियो चिया प्लान्टमा आधारित एन्टिआक्सिडन्ट्सले कलेजोको कार्यमा सुधार ल्याउँछ।क्लोरोफिल युक्त हरियो पातदार तरकारीहरू तपाईंको रक्तप्रवाहमार्फत् विषालु पदार्थलाई बाहिर पठाएर कलेजोको रक्षामा भूमिका खेल्छ ।

हल्दी राम्रो मसला हो, जसले हाम्रो कलेजोमा हुने क्षतिलाई कम गर्छ। हल्दीले बोसो र पित्तको रस उत्पादन गर्न मद्दत गर्छ, जसले हाम्रो कलेजोको लागि प्राकृतिक डिटोक्सिफायरको रूपमा कार्य गर्दछ।चुकन्दर भिटामिन सीको लागि उपयुक्त स्रोत हो । यसले पित्तको सफाइमा ध्यान दिनुका साथै ईन्जामिक गतिविधिलाई बढावा दिन्छ। यसले तपाईंको कलेजोलाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १२ घण्टा अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *