वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक–नेपाल राष्ट्र बैंक

1.2kViews
0 Shares

काठमाडौं, चैत ३० गते। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जानाएको छ । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जनाएको हो ।

आव २०७९–८० को ८ महिनामा कुल निर्यात वस्तु २९.१० प्रतिशतले कमी भएर १०४ अर्ब ८० करोड कायम भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको भने सोही अवधिमा ८२.९० प्रतिशतले निर्यात वृद्धि भएको थियो । त्यस्तै, कुल वस्तु आयातमा १९.१० प्रतिशतले कमी आएर १०५८ अर्ब ३९ करोड कायम भएको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ३८.६० प्रतिशतले आयात बढेको थियो । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७।९० प्रतिशतले घटेर ९५३ अर्ब ५९ करोड कायम भएको हो । साथै अघिल्लो वर्षको सोही अवधिमा ३४.५० प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक सेवा व्यापारको घाटामा पनि सुधार भएको राष्ट्र बैंकले जानाएको छ । समीक्षा अवधिमा खुद सेवा आय ४९ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६६ अर्ब २५ करोडले घाटामा रहेको थियो ।

बैंकले सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९८।६० प्रतिशतले वृद्धि भई ३७ अर्ब १२ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आय १८ अर्ब ७० करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५०।७०प्रतिशतले वृद्धि भई ७६ अर्ब १२ करोड पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय