वीरगञ्जमा १९ लाखभन्दा बढीको अवैध सामान बरामद
By Birgunj
८ महिना अगाडि
Comments: 0
वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको संयुक्त टोलीले रु. १९ लाख २५ हजार ७३६ बराबरका अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
बुधबार खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिका निवासी सिता थापाको घरमा भारतबाट भन्सार छली ल्याएर भण्डारण गरिएको कपडा फेला पारेको हो। त्यही स्थानमा बीआर २२ एस ०७१०१ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा Afzal Double Apple Flavour, विभिन्न कपडा तथा किराना सामग्री रहेका छन् जसको भन्सार मूल्य रु. १७ लाख ८५ हजार ७३६ रहेको छ। साथै, सामान ओसारपसारमा प्रयोग भएको मोटरसाइकलको मूल्य रु. १ लाख ४० हजार रहेको छ।
बरामद गरिएका सबै सामान तथा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि