• Home
  • समाचार
  • वीरगञ्जमा रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२को ‘प्रथम अध्यक्ष–सचिव भेला’ भव्य रूपमा सम्पन्न
Image

वीरगञ्जमा रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२को ‘प्रथम अध्यक्ष–सचिव भेला’ भव्य रूपमा सम्पन्न

वीरगञ्ज – रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२को आयोजना र रोट्र्याक्ट क्लब अफ वीरगञ्जको आतिथ्यतामा वर्ष २०२५/२६ को “प्रथम अध्यक्ष–सचिव भेला” (P.S. Meet) शनिबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।

होटल विशुवामा सम्पन्न उक्त कार्यक्रममा देशभरका करिब ४२५ जना रोट्र्याक्टरहरूको सहभागिता रहेको थियो। भेलाले रोट्र्याक्टरहरूबीच सहकार्य, नेतृत्व विकास र मित्रताको सम्बन्ध सुदृढ बनाउँदै “सेवामार्फत सहकार्य” (Fellowship Through Service) को भावनालाई व्यवहारिक रूप दिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह रहेका थिए भने कार्यक्रमको अध्यक्षता रोट्र्याक्टर विवेक कुमार पटेलले गरेका थिए।
डिआरआर दिनेश गैरे, पूर्व डिआरआर रोशन कार्की, निवर्तमान डिआरआर बिक्रम क्षेत्री, रोटरी क्लब अफ वीरगञ्जका निर्वाचित अध्यक्ष राकेश मिश्र, रोटरी मेट्रोपोलिसका अध्यक्ष सञ्जय जोशी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक डिआरआर (एड) आयुष गुप्ताको नेतृत्वमा सम्पन्न उक्त भेला सफल र अनुकरणीय बनेको आयोजक समितिले जनाएको छ।
रोट्र्याक्ट क्लब अफ वीरगञ्जको ३५ वर्षे गौरवमय यात्राको पृष्ठभूमिमा आयोजना गरिएको यो कार्यक्रम क्लबको ऐतिहासिक उपलब्धि र एकताको प्रतीकका रूपमा रहने उल्लेख गरिएको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *