• Home
  • समाचार
  • वीरगञ्जमा बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको १५ औं अन्तर्राष्ट्रिय दिवस मनाइएको
Image

वीरगञ्जमा बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको १५ औं अन्तर्राष्ट्रिय दिवस मनाइएको

वीरगंज – अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको १५ औं दिवसको अवसरमा वीरगञ्जका विभिन्न संस्थाहरूले संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरेका छन्। नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखा, एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगञ्ज, र पर्सागढी सहिद स्मृति प्रतिष्ठानले घण्टाघर चोकमा मैनबत्ती प्रज्वलन गरी यस दिवसलाई मनाएका हुन्।

कार्यक्रममा एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगञ्जका अध्यक्ष रजनीश झाको अध्यक्षतामा, पूर्व संयोजक राजेश बोथरा, पत्रकार अभिलाष गुप्ता, बिनित जैसवाल, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका अध्यक्ष बृज किशोर पटेल र पर्सागढी सहिद स्मृति प्रतिष्ठानका प्रतिनिधिहरू उपस्थित थिए।

वक्ताहरूले जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको पीडा केवल परिवारको मात्र नभइ सम्पूर्ण समाजको पीडा भएको बताउँदै सरकार र सम्बन्धित निकायलाई पीडितहरूको न्याय सुनिश्चित गर्न आग्रह गरे। उनीहरूले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

कार्यक्रममा पीडित परिवारप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले मैनबत्ती बाल्दै बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा सम्मान जनाएका थिए।

यस दिवसको उद्देश्य भनेको बेपत्ता पारिएका व्यक्तिहरूको न्याय सुनिश्चित गर्न राज्यलाई दबाब दिनु र पीडित परिवारसँग ऐक्यबद्धता जनाउनु हो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *