• Home
  • अर्थ
  • वीरगञ्जमा उद्योगी व्यवसायीको र्‍याली र धर्ना
Image

वीरगञ्जमा उद्योगी व्यवसायीको र्‍याली र धर्ना

१३ पुस, काठमाडौं

 वीरगञ्जका उद्योगी व्यवसायीले बुधबार चौथो दिनपनि आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखा अगाडि दुई घण्टा धर्ना दिनुका साथै हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

बैंकको चर्को ब्याज दर र राष्ट्र बैंकले १ कात्तिकदेखि लागु गरेको चालु पूँजी कर्जा मार्गदर्शनले व्यापार व्यवसाय धरासायी भएको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन भइरहेको छ । बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राष्ट्र बैंक अगाडि धर्नामा बसेको उद्योग वाणिज्य संघका मनोज उपाध्यायले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको आरोप उद्योगी व्यवसायीको छ । राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण देखाएर अधिकांश वाणिज्य बैंकहरुले तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज वृद्धि गरिरहेको गुनासो उनीहरुको छ ।

नीतिगत जटिलतालाई समाधान गर्न पटक पटक सरोकारवालाई आग्रह गर्दा बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद गौतमले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघबाट निस्केको र्‍यालीले वीरगञ्ज नगरको परिक्रमा पछि राष्ट्र बैंकको अगाडि पुगी धर्नामा परिणत भएको थियो । उद्योगी व्यवसायीले चर्को ब्याज दर फिर्ता लिन र चालु पूँजी कर्जा मार्गदर्शन अव्यवहारिक रहेकोले परिमार्जन गरी निजीक्षेत्र मैत्री बनाउन माग उनीहरुले राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश समितिका अध्यक्ष गणेश लाठले शान्तिपूर्ण आन्दोलनलाई समान्य रुपमा नलिन चेतावनी दिए । ‘नेपाल सरकारलाई निजी क्षेत्र खत्तम छ । करङ नभएको मान्छे जस्तै छ भन्ने भ्रम परेको छ,’ उनले भने, ‘हामी भित्र धैर्यता छ । त्यसैले नेपालभर सभ्य र भव्य आन्दोलन चल्दैछ । मौन आन्दोलनलाई सामान्य ठान्दा अवस्था बिग्रन पनि सक्छ ।’

उनले उद्योगपति व्यापारीलाई उदण्ड बन्न बाध्य नपार्न आग्रह गरे । आन्दोलनपछि आफूहरु पुस मसान्तको राजस्व बुझाउन राजश्व कार्यालय, भन्सारको माल छुटाउन भन्सार कार्यालय गएर जिम्मेवारी बुझेर काम गरिरहेको उनले बताए ।

मंगलबार उद्योगी व्यवसायीले वीरगञ्जको बजार क्षेत्रमा कालो ब्यानरमा ‘हामी आन्दोलनमा छौं’ लेखेर टाँगेका थिए ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni २ हप्ता अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *