• Home
  • प्रदेश नं २
  • वीरगंजलाई उजाड बनाउने काम किन भयाे ‘ आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साह
Image

वीरगंजलाई उजाड बनाउने काम किन भयाे ‘ आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साह

‘वीरगंजलाई उजाड बनाउने काम किन भयाे ‘
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वीरगंजको विकासमा राजनीतिक दल र नेताले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताको दोहोरो चरित्रका कारण वीरगंजको विकास ओझेलमा परेको उनले बताए ।

वीरगंजस्थित नारायणी रंगशाला निरीक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जीर्ण बनेको बताए । केही बदमास नेताका कारण नारायणी रंगशाला जीर्ण भएको र विभेदको शिकार बनेको बताउँदै साहले अब चुप लागेर नबस्ने चेतावनी दिए ।

‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, उहाँ भर्खर वीरगंज आउनुभएको थियो, के उहाँको नजरमा यो नारायणी रंशाला परेन ? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनीमिल, कृषि औजार कारखाना उहाँको नजर परेन ? यहाँको घण्टाघर पञ्चायतकालमा बन्यो, के उहाँको योगदान केही हुनुपरेन ?’, वीरगंजको विकासबारे प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यहाँ आएर लम्बालम्बा भाषण गर्ने ? यहाँको विकासबारे केही नसोच्ने ? उहाँको अगाडिपछाडि गर्नेलाई सोध्ने बेला भएको छ । कि त्यो पार्टी छोड या यहाँको विकासबारे केही गर । वीरगंजमा लुटने काम मात्रै उनीहरुले गरे ।’

वीरगंजबाट राजस्व लिने तर वीरगंजको विकासका लागि सरकारले केही नगर्ने हो भने अब हामी चुप लागेर बस्ने बेला होइन, यसको हिसाबकिताब गर्नुपर्ने साहले भने ।

यहाँबाट ट्रक आउजाउ गर्दा त्यसको धूलोधूवा वीरगंजबासीले खानुपर्ने तर सरकारले विकास नै नगरेपछि अब हामीले कर किन तिर्ने, त्यसबारेमा सोच्ने बेला भएको उनले बताए ।

‘वीरगंजबाट चारगुणा बढी टयाक्स लिने तर सोही परिणाममा यहाँको विकास किन नगरेको भन्नेबारे हामीले प्रश्न गर्नुपर्छ । जब यहाँबाट सरकारले बढीभन्दा बढी टयाक्स लिन्छ भने बढी भन्दा बढी विकास गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘२१औँ शताब्दीमा वीरगंजसँग जुन अन्याय, अत्याचार, विभेद भइरहेको छ, हामी चुप लागेर बस्दैनौँ । वीरगंजको मानसम्मान, विकास, गौरवका लागि प्रभु साह चुप लागेर बस्दैन । हामी यसको हिसाबकिताब गर्छौँ ।’

विभिन्न खेलकुदमा मधेश अगाडि रहेको इतिहास रहेको बताउँदै उनले मधेशलाई पछाडि पार्न खोज्नु दुर्भाग्य भएको बताए । क्रिकेट, कुस्ती, फुटबल, भलिबललगायतका विभिन्न खेलमा मधेश जहिले पनि अगाडि भएको बताउँदै उनले यहाँको रंगशालाको पुनःर्निमाण गर्नुपर्ने, थप रंगशाला निर्माण गर्दै खेलकुदको विकासका लागि आफूले योगदान उनले बताए ।

पर्साका नेताहरु दलालीमा उत्रेको र यस्ता योजनालाई छोडेको प्रति उनले आक्रोश व्यक्त गर्दै प्रभु साहले यस्ता योजनालाई पुरा गर्न योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मधेशसँग विभेद, अत्याचार र सौताको व्यवहार सरकारले गरेको आरोप लगाउँदै उनले वीरगंजको विकासका लागि आजपाले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए ।

वीरगंजको गौरवको रूपमा रहेको नारायणी रंगशालाको निरीक्षणपश्चात आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नारायणी रंगशालाको हाल बेहाल हेर्दा सरकारसँग केही प्रश्न गर्न मन लाग्यो । गौरवशाली इतिहास बोकेको यो रंगशालाप्रति विभेद किन ?

रंगशालाको बिकास सरकारको प्राथमिकतामा किन परेन ? के यहाँको बालबालिकालाई खेलकुदको अधिकार छैन ? देश बदलावमा अग्रणी भूमिका खेलेको वीरगंजलाई यस्तो उजाड़ किन बनाउनु भो ? के वीरगंज प्रयोग गर्ने र फ्याँक्ने ठाउँ हो ? के कर तिर्ने वीरगंजले रिटर्न पाउने अधिकार राख्दैन ? सरकारै सरकार भएको देशमा वीरगंजको लागि सरकारविहीनता किन ? अहिलेको २१ औँ शताब्दीको लोकतान्त्रिक युगमा के यस्तो अत्याचार सहन सकिन्छ ? हेक्का राख्नु, अब वीरगंज चुप लागेर बस्दैन ।’

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *