• Home
  • समाचार
  • वीरगंजमा शान्ति–सुरक्षामाथि छलफल, कर्फ्यू समय संशोधन गर्दै निषेधाज्ञा जारी
Image

वीरगंजमा शान्ति–सुरक्षामाथि छलफल, कर्फ्यू समय संशोधन गर्दै निषेधाज्ञा जारी

वीरगंज — पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) तोयनारायण सुवेदीको अध्यक्षतामा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्दै आगामी रणनीति तय गरेको छ। बैठकले जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै सुरक्षा निकायहरूबीच आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम जारी गरिएको कर्फ्यू आदेशलाई संशोधन गर्दै जितिया पर्वलाई ध्यानमा राखी नयाँ समय तालिका अनुसार बिहान ५:०० बजेदेखि साँझ ९:०० बजेसम्म निषेधाज्ञा जारी हुनेछ भने साँझ ९:०० बजेबाट बिहान ५:०० बजेसम्म कर्फ्यू लागू गरिने निर्णय गरिएको छ। यस अवधिमा पाँच जना वा सोभन्दा बढी व्यक्तिहरूको भेला, सभा, जुलुस, प्रदर्शन, घेराउ लगायतका क्रियाकलाप पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्यू तथा निषेधाज्ञा वीरगंज महानगरपालिकाको पूर्व बाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चौक र दक्षिण शंकराचार्य गेट भित्रको क्षेत्रफलमा लागू हुने छ। बैठकले सुरक्षा व्यवस्थाका लागि नेपाली सेनाको श्री श्रीजंग गण, पर्साको सहयोग लिने निर्णय पनि गरेको छ।

यस्तै, हालै सम्पन्न जेन–जी आन्दोलनका क्रममा पर्साका विभिन्न स्थानहरूमा फिर्ता गरिएका प्रहरी चौकीहरूलाई अवस्थाको मूल्यांकन गर्दै क्रमशः पुनः सञ्चालनमा ल्याउने निर्णय लिइएको छ। साथै, आन्दोलनका क्रममा भएको क्षतिको विवरण गृह मन्त्रालयमा दुई दिनभित्र पठाउने निर्णयसमेत गरिएको छ।

बैठकमा प्रमुख सेनानी लोकेन्द्र कार्की, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ४ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *