Trending

वीरगंजमा ‘भेटघाट सेकुवा कर्नर’को भव्य उद्घाटन

2.7kViews
8 Shares

वीरगंज— मुर्लि चौकस्थित सम्झना होटल अगाडिको परिसरमा ‘भेटघाट सेकुवा कर्नर’को सोमबार एक भव्य समारोहका बीच उद्घाटन सम्पन्न भएको छ। प्रतिष्ठानको औपचारिक उद्घाटन वीरगंजका पूर्व प्रमुख विजयकुमार सरावगीले गरेका हुन्।

उद्घाटन समारोहमा सामाजिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वागत मन्तव्य दिँदै होटलका proprietor बिरेन्द्र साह तेलीले स्थानीय समुदायलाई गुणस्तरीय सेवा र आतिथ्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा नेशनल प्याब्सनका अध्यक्ष जियालाल गुप्ता, सचिव सेख अजहर, डिसिमल कलेजका प्रमुख सुन्नी दुबे, बसन्त चौधरी, पतिराम साहलगायत समाजसेवी, विद्यालय प्रबन्धक, व्यवसायी तथा पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

स्थानीय खाद्य संस्कृति तथा पर्यटन क्षेत्रको सक्रियता बढाउने उद्देश्यसहित सञ्चालनमा आएको ‘भेटघाट सेकुवा कर्नर’ले वीरगंजको खानपान तथा अतिथ्य क्षेत्रलाई नयाँ उचाइ दिन सक्ने विश्वास व्यक्त गरिएको छ। उद्घाटन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको होटल व्यवस्थापनले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय