Trending

वीरगंजमा जेन्जी शहीदको सम्झनामा रास्वापाको श्रद्धाञ्जली सभा

4.2kViews
10 Shares

वीरगंज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) पर्साले जेन्जी शहीदहरूको सम्झनामा वीरगंजको घण्टाघरमा बिहीबार साँझ श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

कार्यक्रममा सहभागीहरूले मैनबत्ती बाल्दै मौनधारण गरी शहीदप्रति सम्मान प्रकट गरेका थिए।

रास्वापा पर्साका सभापति हरी पन्तले भदौ २३ र २४ गते जेन्जी पुस्ताका युवाहरूले ४८ घण्टाभित्र गरेको राजनीतिक हस्तक्षेपमा तत्कालीन सरकारले गरेको दमनमा वीर युवाहरू शहीद भएको एक महिनाभन्दा बढी भइसकेको स्मरण गर्दै, उनीहरूको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको जानकारी दिए।

सभापति पन्तले ती निर्दोष युवाहरूको हत्यामा संलग्नहरूलाई यथाशीघ्र कारबाही गर्न माग गर्दै शहीदप्रति सच्चा सम्मान दिन सरकारको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, क्षेत्रीय सभापति जितेन्द्र मिश्रा, राम आर्या, चन्दन यादव, कृष्णा पासवान, दिपराज पटेल, दिलीप कुर्मी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

रास्वापाले यस्ता कार्यक्रममार्फत जनताको आवाज उठाउने तथा शहीदहरूको बलिदानलाई बेकार जान नदिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय