• Home
  • समाचार
  • वीरगंजका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना, चाडपर्वमा सहज र सुरक्षित यात्रा सुनिश्चित
Image

वीरगंजका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना, चाडपर्वमा सहज र सुरक्षित यात्रा सुनिश्चित

वीरगंज – चाडपर्वको अवसरमा यात्रुहरूको सहजता र सुरक्षाका लागि वीरगंजका पाँच स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साले घण्टाघर चोक, भन्सार क्षेत्र (शंकराचार्य गेट), नयाँ बसपार्क चोक, परवानीपुर चोक लगायतका स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो।

दसैं, तिहार र छठको समयमा यात्रुको चाप अत्यधिक हुने भएकाले यात्रुलाई सूचना, निर्देशन र आपतकालीन सहयोग प्रदान गर्ने उद्देश्यसहित सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार सहायता कक्षमा खटाइएका प्रहरी र स्वयंसेवकहरूले यात्रुलाई टिकट, गन्तव्य, सवारी व्यवस्थापन र आपतकालीन सहयोग प्रदान गर्नेछन्। यो सेवा निरन्तर सञ्चालन हुनेछ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *