• Home
  • अन्तर्वार्ता
  • विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा
Image

विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा

 काठमाण्डाै पुस ५

फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली आज स्वदेश पुग्दैछ ।

राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत कार्यक्रम राखिएको छ । यो कार्यक्रममा समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरी ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो ।

अर्जेन्टिनाले यसपालिसहित तेस्रो पटक विश्व कपको उपाधि जितेको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १३ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १८ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *