• Home
  • राजनीति
  • विश्वकप क्रिकेट लिग–२ः महत्त्वपूर्ण खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल
Image

विश्वकप क्रिकेट लिग–२ः महत्त्वपूर्ण खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल


काठमाडौं,चैत २ गते । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ। यो खेल नेपाली क्रिकेट इतिहासका लागि महत्त्वपूर्ण मानिएको छ। नेपाल विजय भए एक दिवसीय क्रिकेटको विशवकप छनोट खेल्न पाउने छ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहान ९ बजेदेखी सुरु हुने खेलमा नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले यूएईलाई दुई पटक पराजित गरिसकेको छ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२।५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो। नेपाल पुनः यूएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा हुनेछ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले यूएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले दुई विकेट लिएका थिए।सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो।

घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा यूएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ।लिग २ मा दोस्रो पटक यूएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुनः युएईसँग भिडन लागेको हो।

खाजको खेलमा विजयी भए यूएईलेसमेत एक दिवसीय मान्यता जोगाउने छ। एक दिवसीय मान्यता जोगाइ सकेको नेपालले विश्व कप छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नै पर्नेछ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *