• Home
  • खेलकुद
  • विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथा नजिक, भोली भक्तपुरमा
Image

विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथा नजिक, भोली भक्तपुरमा

काठमाडौं, १४ भदौं

यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ। 

विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए। 


उनका अनुसार मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ भने  बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा राखिने छ। क्रिकेट प्रेमीले सर्वसाधारणले पनि ट्रफी हेर्न र तस्बिर खिच्न पाउने छन्।

‘ट्रफी टुर’ अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको हो। टी- ट्वेन्टी विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो।  टी–ट्वेन्टी विश्वकप क्रिकेटको सय दिने काउन्टडाउन सुरु गर्दै ट्रफी विभिन्न मुलुकमा भ्रमण गराइएको हो। 

गत जुलाईमा अस्ट्रेलियाको मेलबर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टुरको शुभारम्भ गरिएको थियो। 

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

एनपिएल: प्लेअफबाट बाहिरिएका जनकपुर र कर्णाली आज भिड्दै, प्रतिष्ठाको लडाईं

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज हुँदैछ। प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका…

ByByanjana soni ९ महिना अगाडि

एनपीएल: लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच आज निर्णायक भिडन्त

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (शुक्रबार) लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।…

ByByanjana soni ९ महिना अगाडि

एनपीएल : आज लुम्बिनी र विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच महत्वपूर्ण खेल हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *