• Home
  • Uncategorized
  • विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु
Image

विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु

काठमाडौं, १७ साउन 

दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ । 

दाङको बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने एक युवतीमो मृत्यु भएको छ । 

मृत्यु हुनेमा काठमाडौं महाराजगन्ज घर भएकी १७ वर्षीया सुनिता बुढा मगर रहेकी छन् । उनको सोमबार मृत्यु भएको हो । 

खोला तर्ने क्रममा बगाउँदा उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको खोजी गरेको थियो । सोही क्रममा घोराही उपमहानगरपालिका–१९ स्थित कटुवा खोलाको किनारमा उनको शव फेला पारेको हो । 

मोरङको विराटनगर महानगरपालिका–१९ स्थित ऋषिवन पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका आमबारी घर भएका ३० वर्षीय फुलसरा ऋषिदेवको सोमबार मृत्यु भएको छ । 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडी सुर्नाया गाउँपालिका–५ घर भएकी १८ वर्षीया जानकी मडैको सोमबार मृत्यु भएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका–७ कुबिण्डे बस्ने ५० वर्षीय बौवा चापागाईको सोही ठाउँस्थित त्रियुगा खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ । 

मुर्कुची बजारबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला परेको हो । 

धनुषाको हंसपुर नगरपालिका–९ रूदौली बस्ने नरेश प्रसाद साहको छोरा ९ वर्षीय प्रशान्त कुमार साहको आफ्नै घर नजिक पानी जमेको खाल्डोमा डुबेर सोमबार मृत्यु भएको छ । 

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni २ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *