• Home
  • Uncategorized
  • विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु
Image

विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु

काठमाडौं, १७ साउन 

दाङ, मोरङ, कञ्चनपुर, उदयपुर र धनुषामा डुबेर पाँच जनाको मृत्यु भएको छ । 

दाङको बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने एक युवतीमो मृत्यु भएको छ । 

मृत्यु हुनेमा काठमाडौं महाराजगन्ज घर भएकी १७ वर्षीया सुनिता बुढा मगर रहेकी छन् । उनको सोमबार मृत्यु भएको हो । 

खोला तर्ने क्रममा बगाउँदा उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको खोजी गरेको थियो । सोही क्रममा घोराही उपमहानगरपालिका–१९ स्थित कटुवा खोलाको किनारमा उनको शव फेला पारेको हो । 

मोरङको विराटनगर महानगरपालिका–१९ स्थित ऋषिवन पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका आमबारी घर भएका ३० वर्षीय फुलसरा ऋषिदेवको सोमबार मृत्यु भएको छ । 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडी सुर्नाया गाउँपालिका–५ घर भएकी १८ वर्षीया जानकी मडैको सोमबार मृत्यु भएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका–७ कुबिण्डे बस्ने ५० वर्षीय बौवा चापागाईको सोही ठाउँस्थित त्रियुगा खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ । 

मुर्कुची बजारबाट घर फर्किने क्रममा उनलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला परेको हो । 

धनुषाको हंसपुर नगरपालिका–९ रूदौली बस्ने नरेश प्रसाद साहको छोरा ९ वर्षीय प्रशान्त कुमार साहको आफ्नै घर नजिक पानी जमेको खाल्डोमा डुबेर सोमबार मृत्यु भएको छ । 

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *