• Home
  • समाचार
  • विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु
Image

विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु


काठमाडौं, भदौ २२ गते
कपिलवस्तु, कैलाली, सप्तरी र सर्लाहीमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिने छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । घरभित्र खेल्ने क्रममा पंखामा छोई करेन्ट लागी गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिका–२ बनखेत बस्ने ६५ वर्षीया किजी देवीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको रौतहट इशनाथ नगरपालिका–९ लक्ष्मीनिया घर भई हाल सप्तरी बोदेबर्साईन नगरपालिका–५ बस्ने ३५ वर्षीय सिकिन्दर महतोको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । आफ्नै पसलमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सर्लाहीको मलंगवा नगरपालिका–१२ कर्मैया बजार टोल बस्ने ३२ वर्षीय प्रकाश वाईबाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडिको विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बागमती मोडल अस्पताल कर्मैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *