• Home
  • समाचार
  • विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ
Image

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ


काठमाडौं, ५ असोज ।
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट करिब २२ किलोग्राम गाँजासहित सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको मे।१ ख ३१९५ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट मुग्लिनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

दैलेखको नारायण नगरपालिका–१ टुडिखेलबाट २९० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका–२ कुसाडा बस्ने ३० वर्षीय रोबट सिजापतीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट करिब ३ ग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय ईन्द्र धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ कालिका मन्दिर नजिकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय मोहम्मद सुहिल लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित भिनिला रेष्टुरेन्टको पछाडी रहेको कटेजमा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *