विनिमयदरःअमेरिकी डलरमा झिनो सुधार, युरोको पनि भाउ बढ्यो
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, बैशाख १३ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ एक पैसाले बढेको छ । मंगलबार २९ पैसाले घटेको डलरमा आज झिनो सुधार आएको हो। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३६ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १६ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। मंगलबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ५७ पैसा कायम गरिएको थियो।
आज बेलायती पाउण्ड स्टर्लिङको पनि भाउ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसाले बढेको हो । मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६१ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
आज युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा कायम गरिएको छ । यसअघि मंगलबार पनि सोहिमूल्यमा युएई दिराम र साउदी अरेबियन खरिदबिक्री भएको थियो ।हाज मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा आज ४२७ रुपैयाँ ५ पैसा र बिक्रीमा ४२९ रुपैयाँ एक पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४६ पैसा तोकिएको छ।
३ वर्ष अगाडि
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि