विनिमयदरःअमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो

1.2kViews
0 Shares



काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ २४ पैसाले घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा कायम गरिएको छ । यसअघि बुधबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३७ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १२ पैसाले बढेको छ । आज  युरो एकको खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। बुधबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ७३ पैसा कायम गरिएको थियो।

आज बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६३ रुपैयाँ १ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३२ पैसाले बढेको हो । बुधबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ १८ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९६ रुपैयाँ २० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

आज युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । आज मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा आज ४२६ रुपैयाँ २२ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १८ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ८३ पैसा तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय