• Home
  • राजनीति
  • विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ –कमल थापा
Image

विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ –कमल थापा


काठमाडौं ,९ असोज ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गैरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । हेटौंडाको पदमपोखरीमा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने बताएका हुन् ।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न समेत उनको आग्रह गरे । मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनावी मैदानमा आउन चाहेको भन्दै आफूलाई अब जनताको सेवाबाहेक अरु कुनै चाह नरहेको समेत स्पष्ट पारे ।राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उनले टिप्पणी गरे ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *