Trending

वार्षिकोत्सव मनाउने नगरकै पहिलो बन्यो देउराली आधारभूत विद्यालय

1.2kViews
0 Shares

काठमाडौं, १५ मंसिर 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारस्थित देउराली आधारभूत विद्यालयको मणिभ जयन्ती मनाइएको छ । स्थापनाको १५ औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्दै बुधबार विद्यालयको मणिभ जयन्ती मनाइएको हो ।

हाजिरी जवाफ प्रतियोगीता, विव्यास तथा शिक्षक अभिभावक संघका पूर्वअध्यक्षलाई सम्मान, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम गर्दै दिवस मनाइएको प्रअ गोपाल बिश्वकर्माले बताए । ११ वडा रहेको नगरपालिकाका आधारभूत विद्यालयमध्ये देउराली आधारभूत विद्यालय वार्षिकोत्सव मनाउने पहिलो आधारभूत विद्यालय बनेको छ । 

हाजिरी जवाफ प्रतियोगीतामा देउराली आधारभुत विद्यालयका मन्दिप राउत, मनिषा राउत र रमिला अधिकारीको समूह प्रथम, त्रिकन्य आधारभुत विद्यालयका प्रज्ञा राई, युनिका राई र लोकेस राईको समूह दोश्रो तथा च्यास्मीटार माविका भावना राई, संगम राई र कुसुम राईको समूह तेस्राे भएका छन् । हाजिरी जवाफ प्रतियोगीतामा सात विद्यालयका विद्यार्थीको सहभागिता थियो । 

कार्यक्रममा विव्यासका पूर्वअध्यक्ष चंखबहादुर राई, शम्भुकुमार खत्री र शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष दुर्गबहादुर खत्री, पदमबहादुर अधिकारी र ज्ञानकुमार अधिकारीलाई सम्मान गरिएको छ । प्रमुख अतिथिका रुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, विशेष अतिथिका रूपमा उपमेयर रमेश राउत, शिक्षा शाखा संयोजक पदम कार्कीलगायतले हाजिरी जवाफ प्रतियोगीताका विजेतालाई पुरस्कार तथा विव्यास र शिक्षक अभिभावक संघका पूर्वअध्यक्षलाई सम्मान–पत्र प्रदान गरेका छन् । 

 हाल वैदेशिक रोजगारीमा रहेर विद्यालयलाई फर्निचर सहयोग गर्ने अभिभावक घनराज घिमिरेलाई धन्यवाद ज्ञापन गरिएको छ । कार्यक्रममा प्रअ बिश्वकर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिबेदनमार्फत प्रअ बिश्वकर्माले देउराली आविलाई नगरकै नमूना विद्यालय बनाउने संकल्प गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिलाई विद्यालयकातर्फबाट मायाँको चिनो प्रदान गरिएको छ । २०६४ सालमा स्थापना भएको विद्यालयमा हाल ६० जना विद्यार्थी अध्ययनरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय