• Home
  • समाचार
  • वल्ड साइन्स डेको अवसरमा वीरगंजका विद्यालयमा शैक्षिक सामग्री वितरण
Image

वल्ड साइन्स डेको अवसरमा वीरगंजका विद्यालयमा शैक्षिक सामग्री वितरण

वीरगंज — वल्ड साइन्स डेको अवसर पारेर लायन्स क्लब अफ वीरगंज परिवार, लायन्स क्लब अफ सेन्ट्रल सिटी, लायन्स क्लब अफ मेट्रो सिटी र लायन्स क्लब अफ सुप्रिमले संयुक्त रूपमा वीरगंजमा शैक्षिक सामग्री वितरण गरेका छन्।

वीरगंज–२० भिस्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ६० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रम लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि फर्स्ट भि.डी.जी. लायन रामबिहारी पाण्डेले लायन्स क्लबहरूले आर्थिक रूपमा कमजोर बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरी उनीहरूको मनोबल उच्च राख्ने कार्य गरेको बताउँदै क्लबहरूको सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गरे।

सो अवसरमा लायन्स क्लब अफ सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशीला साह, लायन्स क्लब अफ मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता, लायन्स क्लब अफ सुप्रिमका अध्यक्ष लायन पियुष दारुका, विद्यालयका प्रधानाध्यापक निरञ्जन न्यौपाने, सहायक प्रधानाध्यापक सुरेश पटेल, र रिजन चेयर पर्सन लायन सन्दिप गुप्तालगायतको उपस्थिति थियो।

कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ सेन्ट्रल सिटीकी सचिव लायन कविता खड्काले गरेकी थिइन्। कार्यक्रममा लायन सुदेश लाखे, लायन अंकित चौरसिया, लायन देवन्ती साह, लायन दिपु वर्णवाल, लायन पुरुषोत्तम गुप्ता, लायन आदित्य साह र विद्यालयका शिक्षक टीका खड्काको समेत सहभागिता थियो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *