• Home
  • समाचार
  • वन कर्मचारीको मिलेमतोमा सिरहाका चुरे क्षेत्रमा व्यापक काठ तस्करी
Image

वन कर्मचारीको मिलेमतोमा सिरहाका चुरे क्षेत्रमा व्यापक काठ तस्करी


काठमाडौ, भदौ २० गते।
चुरे क्षेत्रमा वन फँडानी तथा तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो पाइएको छ । यहाँका वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरू काठ तस्करी गरिरहेको पाइएको हो ।

सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फँडानी गरी वनकर्मीको सेटिङमा चुरे फेंदका सहर बन्दीपुर, उतरवाहिनी, बस्तीपुर, मिर्चैया, घुर्मीघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका समिलमा लैजाने गरेको स्थानीय बताउँछन् ।

मिर्चैया नगरपालिका–९ रमपुराको सामुदायिक वनका खैर र सिसौका हजारौ रूख वन कर्मचारीको सेटिङमा फँडानी भएको स्थानीय सन्तोषकुमार यादवले बताए । रुख फँडानी र तस्करी रोक्न मिर्चैया प्रहरीलाई जानकारी गराउँदा बेवास्ता भएको उनको गुनासो छ ।

‘काठ तस्करी नियन्त्रणमा न वनको सक्रियता छ न प्रहरीकै,’ उनले भने, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फँडानीबारे जानकारी गराउँदा कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न प्रहरीले नै । वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरूको ‘सेटिङ’ प्रष्ट हुन्छ ।’

समुदायिक वनबाट फँडानी गरिएको काठ रातको समयमा ट्याक्टरमा लोड गरी प्रहरीको उपस्थिति रहेकै स्थानबाट यहाँका स–मिलहरुमा पुग्दा पनि प्रहरी प्रशासनले चासो देखाउँदैनन् ।

जिल्ला डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्रले केही वन कर्मचारीलाई वनको घुमुवाको रूपमा प्रयोग गरी स–मिलहरुबाट महिनावारी रकम असुली रहेको जोभा प्राकृतिक समुदायिक वनका अध्यक्ष हरि यादवले दाबी गरे । ‘जिल्लाका सव–डिभिजन वन कार्यालयहरू डिभिजन प्रमुखकै आदेशमा कार्यालयमै बसेर काठ तस्करलाई निजी आवादी जग्गाको रुख कटान आदेश दिने गरेका छन् । यही आदेशको आडमा तस्करहरू सामुदायिक वनको रुख कटान गरी स–मिलसम्म निर्धक्क पुर्‍याउने गर्छन् ।’

काठ तस्कर र तस्करीका काठ खरिद गर्ने स–मिल सञ्चालकहरू आ(आफ्नो क्षेत्रका सव–डिभिजन प्रमुखहरूलाई पन्ध्र हजार रुपैयाँ मासिक रकम बुझाउने गरेको बतायो । सव–डिभिजन प्रमुखहरूले एकमुष्ठ रकम डिभिजन प्रमुखलाई बुझाउने गरेको संलग्न बताइन्छ ।

डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खयर, कर्मा, साललगायत काँचो रुखको फँडानी व्यापक छ । यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीयको भनाइ छ । काठ तस्करहरूले अहिले पनि सिरहाको समुदायिक वन र चुरेक्षेत्रबाट काठ तस्करीलाई दिनदिनै व्यापक बनाउँदै लगेका छन् । सामुदायिक वनमा तस्करहरुले फँडानी गरेको साल, खयर,कर्मालगायतको जातको रुख काटिएका बुट्यान जताततै देखिन्छ । चुरे क्षेत्रमा फस्टाएको काठ तस्करीको वारेमा जिल्ला डिभिजन वन कार्यालय प्रमुख शैलेन्द्र मिश्रसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *