Trending

लैङ्गिक समता र सामाजिक समावेशीकरण योजनाको एनएमबि बैंकद्वारा घोषणा

1.7kViews
6 Shares

काठमाडौं । एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन, गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण जीईएसआइ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नितिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोेत्सान गरेको छ ।

जीईएसआइ ले समग्र बैंकीङ्ग प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक वर्ग र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ्ग वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा बैंक विश्वस्त रहेको छ ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण जीईएसआइ योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्ज स्थित शाखाहरूमा फरक ढङले सक्षम ग्राहकहरुलाई व्हिलचेर र्‍याम्प स्थापना गरेको छ ।

साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व ध्यmभल ीभबमभचकजष्उ कार्यक्रम समेत सुरुवात गरिसकेको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेकोछ ।

बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
40°
Partly Cloudy
5:39 am6:51 pm +0545
Feels like: 40°C
Wind: 21km/h W
Humidity: 12%
Pressure: 1004.06mbar
UV index: 10
2 pm3 pm4 pm5 pm6 pm
41°C
41°C
40°C
39°C
36°C
TueWedThuFriSat
41°C / 20°C
39°C / 19°C
37°C / 19°C
40°C / 22°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय