• Home
  • समाचार
  • लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित
Image

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित

काठमाडौं, ११ असोज । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रकै अग्रणी शैक्षिक संस्था लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित भएका छन् । दर्जनभन्दा बढी संस्थामा आबद्ध सफल व्यवसायीको रुपमा परिचय बनाएका ज्ञवाली विद्यालयको १७औँ साधारणसभाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका हुन् ।

दुई कार्यकाल सफल बनाएर स्कुलको भौतिक तथा शैक्षिक गुणस्तर उच्च बनाएकोले सञ्चालकको रोजाइमा ज्ञवालीले पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन् । मायादेवी–४ झुलनीपुरस्थित विद्यालयले लुम्बिनी क्षेत्रमा धेरैलाई शिक्षाको पहुँचमा पुर्‍याई त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याएको छ ।

संस्थाको साधारण सभाबाट आगामी तीन वर्षे कार्याकालका लागि अध्यक्षमा ज्ञवालीसहित प्रबन्ध सञ्चालकमा पिताम्बर न्यौपाने, संचलक सदस्यहरुमा मिथुनमान श्रेष्ठ, शेखर कार्की, मोहम्मद हारुन खान, नसिम अख्तर र शक्तिधर यादव सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक प्रख्यात बन्जाडेले जानकारी दिए ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *