लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा जुटेन सहमति

1.4kViews
0 Shares

१८ पुस, काठमाडौं

 लुम्बिनी प्रदेश सरकारको नेतृत्व दावी गरिरहेको नेकपा माओवादी केन्द्रमा संसदीय दलको नेतामा सहमति जुट्न सकेन ।

सोमबार विहान दाङको देउखुरीमा बसेको बैठकमा तीन जनाले नेतामा दावी गरेपछि सहमति जुट्न नसकेको हो । बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, पोलिटव्यूरो सदस्य इन्द्रजित थारु र बसन्त घर्तीले दलको नेतामा दावी गरेका थिए ।

दलको नेता मुख्यमन्त्री बन्ने सम्भावना भएकाले पार्टीभित्र वरिष्ठ नेता जोखबहादुर महरा भएकाले उनकै नाममा सहमति हुने बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले बताए । ‘तीनजनाले दावी गरेपनि अन्तिममा महराजी नै नेता बन्नुहुन्छ’, उनले भने । दाङका इन्द्रजित थारु हाल स्वास्थ्य मन्त्री छन् भने पाल्पाका घर्ती यसअघि संसदीय दलको प्रमुख सचेतक थिए ।

पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल लगायतका नेताहरुले सहमति जुटाउने प्रयास गरेका थिए ।  लुम्बिनी प्रदेश सभामा माओवादीका ९ सांसद छन् । प्रदेश सभामा नेकपा एमाले र नेपाली कांग्रेसपछि तेस्रो ठूलो दल माओवादी केन्द्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय