Image

लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा जुटेन सहमति

१८ पुस, काठमाडौं

 लुम्बिनी प्रदेश सरकारको नेतृत्व दावी गरिरहेको नेकपा माओवादी केन्द्रमा संसदीय दलको नेतामा सहमति जुट्न सकेन ।

सोमबार विहान दाङको देउखुरीमा बसेको बैठकमा तीन जनाले नेतामा दावी गरेपछि सहमति जुट्न नसकेको हो । बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, पोलिटव्यूरो सदस्य इन्द्रजित थारु र बसन्त घर्तीले दलको नेतामा दावी गरेका थिए ।

दलको नेता मुख्यमन्त्री बन्ने सम्भावना भएकाले पार्टीभित्र वरिष्ठ नेता जोखबहादुर महरा भएकाले उनकै नाममा सहमति हुने बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले बताए । ‘तीनजनाले दावी गरेपनि अन्तिममा महराजी नै नेता बन्नुहुन्छ’, उनले भने । दाङका इन्द्रजित थारु हाल स्वास्थ्य मन्त्री छन् भने पाल्पाका घर्ती यसअघि संसदीय दलको प्रमुख सचेतक थिए ।

पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल लगायतका नेताहरुले सहमति जुटाउने प्रयास गरेका थिए ।  लुम्बिनी प्रदेश सभामा माओवादीका ९ सांसद छन् । प्रदेश सभामा नेकपा एमाले र नेपाली कांग्रेसपछि तेस्रो ठूलो दल माओवादी केन्द्र हो ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *