Image

लायन्स क्लब जिल्ला 325P को लाब. 2025–26 स्कुलिङ कार्यक्रम दोस्रो दिन सफलता साथ सम्पन्न

भैरहवा, जेठ ११, २०८२ — लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ पी, नेपालको स्कुलिङ कार्यक्रम २०२५–२६ टाइगर प्यालेस रिसोर्ट, तिलोत्तमा नगरपालिका, रुपन्देहीमा भव्य रुपमा सम्पन्न भएको छ। दुईदिने कार्यक्रमको आयोजनालाई जिल्ला गभर्नर-निर्वाचित, पीएमजिएफ लायन बाला राम भट्टराईको कुशल नेतृत्वमा समन्वय गरियो।

कार्यक्रमको दोस्रो दिन, जेठ ११ गते, बिहान हिप्नोथेरापी अभ्यासबाट सुरु भई नवप्रवर्तनशील सोच, नेतृत्व विकास, डिजिटल प्रविधिको उपयोग, सामाजिक उद्यमशीलता, र कृत्रिम बौद्धिकता (AI) को प्रयोगजस्ता अत्यन्त सान्दर्भिक र उपयोगी सत्रहरू सञ्चालन गरिए।

प्रमुख वक्ताहरूमा राज कुमार प्याकुरेल, महेश दाहाल, लायन खगेन्द्र सिटौला, लायन सन्दीप कसौधन, लायन मुकुन्द ग्यावाली, र सगुनको जोशपूर्ण तथा प्रभावशाली प्रस्तुति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षण “PDG सत्र” रह्यो, जसमा पूर्व जिल्ला गभर्नरहरूले सदस्यता विकास, वातावरण संरक्षण, मानसिक स्वास्थ्य, टियु लायन्स ब्लड बैंक र अन्य सेवा योजनाहरू सम्बन्धी विषयगत प्रशिक्षण प्रदान गरे।

समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र, नाम प्लेट र डीजी पिन वितरण गर्दै, जिल्ला गभर्नर-निर्वाचित लायन बाला राम भट्टराईले धन्यवाद ज्ञापन गर्दै समापन मन्तव्य दिनुभयो।

कार्यक्रमको अन्त्य साँझ ७ बजे “लाइभ म्युजिकल इन्टरटेन्मेन्ट” र फुलोस डिनरसँग गरिएको थियो, जसले सम्पूर्ण सहभागीहरूलाई नयाँ ऊर्जा र उत्साहले भरिएको अनुभूति गराएको थियो।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni २ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *