Image

लायन्स क्लब जिल्ला 325P को लाब. 2025–26 स्कुलिङ कार्यक्रम दोस्रो दिन सफलता साथ सम्पन्न

भैरहवा, जेठ ११, २०८२ — लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ पी, नेपालको स्कुलिङ कार्यक्रम २०२५–२६ टाइगर प्यालेस रिसोर्ट, तिलोत्तमा नगरपालिका, रुपन्देहीमा भव्य रुपमा सम्पन्न भएको छ। दुईदिने कार्यक्रमको आयोजनालाई जिल्ला गभर्नर-निर्वाचित, पीएमजिएफ लायन बाला राम भट्टराईको कुशल नेतृत्वमा समन्वय गरियो।

कार्यक्रमको दोस्रो दिन, जेठ ११ गते, बिहान हिप्नोथेरापी अभ्यासबाट सुरु भई नवप्रवर्तनशील सोच, नेतृत्व विकास, डिजिटल प्रविधिको उपयोग, सामाजिक उद्यमशीलता, र कृत्रिम बौद्धिकता (AI) को प्रयोगजस्ता अत्यन्त सान्दर्भिक र उपयोगी सत्रहरू सञ्चालन गरिए।

प्रमुख वक्ताहरूमा राज कुमार प्याकुरेल, महेश दाहाल, लायन खगेन्द्र सिटौला, लायन सन्दीप कसौधन, लायन मुकुन्द ग्यावाली, र सगुनको जोशपूर्ण तथा प्रभावशाली प्रस्तुति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षण “PDG सत्र” रह्यो, जसमा पूर्व जिल्ला गभर्नरहरूले सदस्यता विकास, वातावरण संरक्षण, मानसिक स्वास्थ्य, टियु लायन्स ब्लड बैंक र अन्य सेवा योजनाहरू सम्बन्धी विषयगत प्रशिक्षण प्रदान गरे।

समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र, नाम प्लेट र डीजी पिन वितरण गर्दै, जिल्ला गभर्नर-निर्वाचित लायन बाला राम भट्टराईले धन्यवाद ज्ञापन गर्दै समापन मन्तव्य दिनुभयो।

कार्यक्रमको अन्त्य साँझ ७ बजे “लाइभ म्युजिकल इन्टरटेन्मेन्ट” र फुलोस डिनरसँग गरिएको थियो, जसले सम्पूर्ण सहभागीहरूलाई नयाँ ऊर्जा र उत्साहले भरिएको अनुभूति गराएको थियो।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १५ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १७ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *