• Home
  • समाचार
  • लायन्स क्लबद्वारा आयोजित शिविरमा ७६ जनामा मोतियाबिन्दु पहिचान
Image

लायन्स क्लबद्वारा आयोजित शिविरमा ७६ जनामा मोतियाबिन्दु पहिचान

वीरगंज – पोखरिया नगरपालिका वडा नम्बर ६ स्थित सिर्सिया गाउँमा शनिबार सम्पन्न निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविरबाट जाँच गराएकामध्ये ७६ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ।

लायन्स क्लब वीरगंज परिवार र लायन्स क्लब वीरगन्ज सेन्ट्रलको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा २७५ जनाले आँखा परीक्षण गराएका थिए। तीमध्ये ७६ जनामा मोतियाबिन्दु पहिचान भएको आयोजकले जानकारी दिएको छ।

स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी तथा आशा देवीको पहलमा गरिएको शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र वीरगन्ज सामुदायिक आँखा केन्द्रका चिकित्सकहरूको टोलीले परीक्षण र परामर्श सेवा प्रदान गरेको थियो।मोतियाबिन्दु पत्ता लागेकाहरूको निःशुल्क शल्यक्रिया गरिने क्लबका अध्यक्ष नरोत्तम पाण्डेयले जानकारी दिए।

समाजसेवी परशुराम पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन समानी, नेपाली काँग्रेस नेतृ आशा देवी, प्रभु अस्पतालका सञ्चालक डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, समाजसेवी मनोज कुमार चौहान, नन्दकिशोर चौहानलगायतको उपस्थितिमा शिविर सञ्चालन गरिएको थियो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *