• Home
  • राजनीति
  • लामो बहसपछि रास्वपाले सरकारमा जाने निर्णय गरेको हो–अरनिको पाण्डे
Image

लामो बहसपछि रास्वपाले सरकारमा जाने निर्णय गरेको हो–अरनिको पाण्डे


काठमाडौं, पुस ११ गते । लामो बहसपछि आफ्नो पार्टी सरकारमा जाने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाण्डेले बताएका छन् । उनले सरकारमा सहभागी हुने निर्णयको चौतर्फी आलोचना भएपछि पाण्डेले पार्टीले आन्तरिक रुपमा मतदान गरेरै सरकारमा जाने निर्णय गरेको स्पष्ट पारेका हुन् ।

उनले भनेका छन्, ‘अव्यवस्थित गठबन्धनमा सामेल हुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयमा निराश भएका सबै जनताको लागि यो बहस र मतदानबाट भएको निर्णय थियो। दुवै गठबन्धन अस्तव्यस्त हुने नै थिए । प्रतिपक्षमा बस्दा हाम्रो इज्जत सुरक्षित हुन्थ्यो, तर सरकारमा जाँदा राम्रो काम गरेर देखाउने हामीलाई चुनौती छ ।’

पाण्डेले आफूहरू सरकारमा गएर काम गर्न नसके वा भ्रष्टाचार वा न्याय दबाउने काममा संलग्न भएको पाएमा अर्को निर्वाचनबाट दण्डित गर्न समेत आग्रह गरेका छन् । आफूलाई वैकल्पिक भन्ने पार्टीले पुराना भनिएका पार्टीसँग मिसिएर सरकार बनाएको भन्दै आलोचना भइरहेको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *