Trending

ललितपुर–१६ मा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम हुने

2.5kViews
7 Shares

ललितपुर महानगरपालिका वडा नम्बर १६ मा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
लायन्स क्लब अफ काठमाडौं एक्सिलेन्स टिम एरिया–१ का जोन चेयरपर्सन उद्धव गुप्ता, अध्यक्ष, उपाध्यक्ष, सचिव केम्स सिंह र श्रीजा श्रेष्ठको सहमतिमा कार्यक्रम गर्न लागिएको हो। यही कार्यक्रमका लागि आज सोमबार वडा अध्यक्ष निर्मल रत्न शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ।
ज्ञापनपत्रमार्फत वडा नम्बर १६, ललितपुरमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गर्न अनुमति तथा सहकार्यको आग्रह गरिएको हो। कार्यक्रममा लायन्स क्लब काठमाडौं एरिया–१, ३२५ पी, रह स्टार होलिस्टिक हिलिङ तथा सम्बन्धित वडाका सबै निकायको सहकार्य रहने जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ। यसबाट वडावासीले स्वास्थ्य जाँच, परामर्श र रक्तदानजस्ता सेवाबाट प्रत्यक्ष लाभ लिन सक्ने विश्वास गरिएको छ।
वडा अध्यक्ष शाक्यले यस्ता सामाजिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदायलाई सकारात्मक प्रभाव पार्ने भन्दै आवश्यक सहकार्य रहने संकेत गर्नुभएको छ। कार्यक्रमको मिति र अन्य विवरण छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय