• Home
  • अर्थ
  • लमजुङमा सवारी कारबाहीबाट चार महिनामा साढे २२ लाख राजश्व संकलन
Image

लमजुङमा सवारी कारबाहीबाट चार महिनामा साढे २२ लाख राजश्व संकलन

काठमाडौं, २१ मंसिर ।लमजुङमा चालु आर्थिक वर्षको चार महिलाको अवधिमा सवारी कारबाहीबाट २२ लाखभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय लमजुङले चालु आर्थिक बर्ष २०७९/ ०८० को साउनदेखि कात्तिक महिनासम्म २२ लाख २२ हजार राजश्व संकलन गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार ३ हजार २ सय ५० सवारी कारवाहिबाट उक्त राजश्व संकलन भएको हो  । साउन महिनामा पाँच सय ५० सवारीसाधान कारबाहीबाट ३ लाख ७८ हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका सुचना अधिकारी राजाराम पौडेलले जानकारी दिए । 

साउनमा ट्रक, टिपर ६० वटा, बस ४२ वटा, जिपकार एक सय ५२ वटा, ट्याक्टर ३० वटा, मोटर साइकल २ सय ५१ र अन्य सवारी १५ वटा कारबाहीमा परेका थिए । त्यसै गरी भदौ महिनामा ट्रक, टिपर एक सय २३ वटा, बस ३९ वटा, जिपकार एक सय ९१ वटा, ट्याक्टर ६७ वटा, मोटर साइकल  चार सय ११ र अन्य १९ वटा गरी ८ सय ५० सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट पाँच लाख ६९ हजार राजश्व संकलन भएको हो । 


असोज महिनामा ९ सय ५० सवारी कारबाहीमा परेका थिए, जसबाट ६ लाख २२ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । असोजमा १ सय १८ ट्रक/टिपर,  ४८ बस, २ सय ४३ जिपकार, ५३ ट्याक्टर, ४ सय २५ मोटर साइकल र अन्य ५९ वटा सवारीसाधन कारबाहीमा परेका थिए । 

यसैगरी कात्तिकान ९ सय सवारीसाधन कारबाहीबाट ६ लाख ५२ हजार रुपैया राजश्व संकलन भएको कार्यालयका ट्राफिक प्रहरी सहायक हवालदार सुभास रानाभाटले बताए । उनका अनुसार कात्तिकमा १ सय १२ ट्रक/टिपर, २ सय ४ वटा बस, ८ सय ८२ जिपकार, ट्याक्टर दुई सय पाँच वटा, १ हजार चार सय १९ मोटर साइकल र १ सय २७ अन्य सवारी कारबाहीमा परेको थिए ।

 गत आर्थिक वर्ष ०७८/ ०७९ मा आठ हजार सात सय ५० वटा सवारी कारबाहीमा परेका थियो । जसबाट ५६ लाख १६ हजार राजश्व संकलन भएको थियो । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *