• Home
  • गण्डकी प्रदेश
  • लमजुङमा ठाडोभाकाको प्रशिक्षणमा १३ वर्षदेखि ८० वर्षका वृद्धसम्म सहभागी
Image

लमजुङमा ठाडोभाकाको प्रशिक्षणमा १३ वर्षदेखि ८० वर्षका वृद्धसम्म सहभागी

काठमाडौं, १६ जेठ

लमजुङमा सञ्चालन गरिएको लोपोन्मुख ठाडोभाकाको दुई दिने निःशुल्क प्रशिक्षणमा १३ वर्षका बालकदेखि ८० वर्षका वृद्धसम्मले भाग लिएका छन् । मध्यनेपाल नगरपालिका- ६ को भोर्लेटारस्थित इशानेश्वर क्याम्पसको हातामा उक्त प्रशिक्षण सञ्चालन गरिएको थियो ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आयोजना, गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको प्रवर्द्धन तथा बौद्ध सेवा समाज बाबाआमा समूह भोर्लेटारको विशेष सहयोगमा सो प्रशिक्षण गरिएको हो । संगीताका तीनवटै विधा ‘वागीना’ अर्थात् बाध्यवादन, गीत गायन र नाचमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।

प्रशिक्षणमा १३ वर्षका पनाति पुस्तादेखि ८० वर्षका बाजे चार पुस्तासम्मका व्यक्तिले भाग लिएका थिए । प्रशिक्षणले प्रतिभा भएर पनि कुन्ठित अवस्थामा रहेकालाई समेत उजागर गर्ने काम गरेको थियो ।

आफूले ठाडोभाका ४२ वर्षको उमेरदेखि गाउन थालेको बताउँदै मध्यनेपाल नगरपालिका- ७ को चिसंकु निवासी ८० वर्षीय मीनबहादुर गुरुङले ठाडोभाका ४२ वर्षको उमेरदेखि गाउन थालेको बताए । उनका अनुसार ठाडोभाका हत्तपत्त जो पायो उसले गाउन सक्दैनन् । ‘तर यसमा रस बसेपछि अरु गीत गाउन मन नै हुँदैन,’ उनले भने, ‘रौस गर्न त उमेरले छेक्दैन नि ! मेरो कान अलिक कमजोर भएको छ, अरु कुराले जवान नै छु जस्तो लाग्छ ।’

यो संस्थाका ठूला मान्छेहरूलाई सुनाउनु पर्छ भन्ने ठानेर आफू कार्यक्रममा आएको उनले बताए। उनले भने, ‘पोहोर साल लमजुङको पूर्वी क्षेत्र दोर्दी गाउँपालिकामा आयोजना गरिएको ठाडोभाकाको प्रतियोगितामा भाग लिन गएको थिएँ तर केटी साथी नपाउँदा मैले भाग लिन र गाउन पाइनँ ।’

उनले ८० वर्षको उमेरमा पनि आफैले मादल बोकेर कार्यक्रममा जाने गरेको सुनाए । उनी भन्छन्, ‘जवान छँदा त आफैले मादल बनाउने काम पनि गर्थे, यो मादल म आफैले १० वर्ष अघि बनाएको हुँ ।’

प्रशिक्षणमा भाग लिन आएकी सुन्दरबजार नगरपालिका-१ की २३ वर्षीया मुना दुराले प्रशिक्षण उत्कृष्ट लागेको बताइन् । प्रशिक्षणमा आयोजक संस्थाका संरक्षक एवं ठाडोभाकाका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानका वरिष्ठ सदस्य एवं लोकगायिका सीता दुरा, सुवेदार सन्तबादुर गुरूङ, लोकगायिका सावित्री शाहीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधि अपनाइएको आयोजक संस्थाका महासचिव रुपिन्द्र प्रभावी जोशीले बताए । ठाडभोकामा मायापिरतीका अतिरिक्त दाजु-बैनी, दिदी-भाइ, आमा-छोरा, बाबु-छोरी तथा सामाजिक अभियन्तासमेत बनेर भावसहित रसपूर्ण तरिकाले गायन गर्नु पर्ने प्रशिक्षक सीता दुराले बताइन् । प्रशिक्षणमा कास्की, तनहुँ र लमजुङका गरी ३७ जना महिला र पुरुषले भाग लिएका थिए ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ७ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *