• Home
  • Uncategorized
  • लमजुङमा कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत
Image

लमजुङमा कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत

काठमाडौं, १९ साउन 

स्वास्थ्य कार्यालय लमजुङले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४९ लाख रुपैया राहत प्रदान गरेको हो ।

कार्यालयले कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणा पत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको हो । 

कार्यालयले जिल्लाका ८ वटै पालिकामार्फत कोरोनाबाट मृत्यु हुनेको विवरणसहित निवेदन माग गरेको थियो । वडाको सिफारिसमा कोरोनाका कारण अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ । 

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान थियो ।

आर्थिक राहतका लिनका लागि निवेदन दिएका जिल्लाका ९८ परिवारलाई राहत प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम दिए पनि जिल्लाका पालिकाहरूले पनि राहत रकम वितरण गरेका थिए । विभिन्न पालिकाले आफ्ना पालिकाभित्रका नागरिकको परिवारलाई राहत रकम प्रदान गरेका थिए ।

लमजुङमा कोभिड–१९ बाट पहिलो चरणमा ७, दोस्रो चरणमा ३७  र तेस्रो चरणमा २ जना गरी ४६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । सोबाहेक स्थायी ठेगाना लमजुङ भई बाह्य जिल्ला बस्ने मृतकका परिवारले राहतका लागि प्रक्रिया पुर्‍याएर निवेदन दिएसँगै राहत रकम उपलब्ध गराइएको हो । 

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni १ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni १ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *